image
image
चालु आर्थिक वर्षको नौ महिनामा आयात–निर्यात दुवै घट्यो

चालु आर्थिक वर्षको नौ महिनामा आयात–निर्यात दुवै घट्यो

 काठमाडौं । चालु आर्थिक वर्षको नौ महिना (साउन–चैतसम्म)मा नेपालको आयात–निर्यात दुवै खस्किएको छ । मुलुकमा आर्थिक क्रियाकलाप सुस्ताउँदा त्यसको असर आयात निर्यात दुवैमा परेको देखिएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार समीक्षा अवधिमा आयात २.८४ प्रतिशतले घटेको छ भने निर्यात ३.६६ प्रतिशतले घटेको छ । विभागका अनुसार चैतसम्म नेपालले ११ खर्ब ६७ अर्ब ३६ करोड रुपियाँको वस्तु आयात गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा गरेको १२ खर्ब एक अर्ब ५० करोडको तुलनामा २.८४ प्रतिशतले कमी हो ।

चालु आवको नौ महिनामा नेपालले एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपियाँको वस्तु निर्यात गरेको छ । यो गत आवको सोही महिनासम्मको तुलनामा भने ३.६६ प्रतिशतले कम हो । गत चैतसम्म नेपालले एक खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपियाँको वस्तु निर्यात गरेको थियो । समीक्षा अवधिमा कुल अन्तर्राष्ट्रिय व्यापार पनि अघिल्लो वर्ष १३ खर्ब १९ अर्ब ७८ करोडको तुलनामा २.९२ प्रतिशतको गिरावटसहित १२ खर्ब ८१ अर्ब ३१ करोडमा आइपुगेको हो ।

समीक्षा अवधिमा आयातमा कमी आउँदा मुलुकको व्यापार घाटामा २.७५ प्रतिशतले कमी आएको छ । चालु आवको नौ महिनामा व्यापार घाटा घटेर १० खर्ब ५३ अर्ब ४२ करोडमा झरेको छ । अघिल्लो आवको सोही अवधिमा व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।