image
image
१५.४१ अंकले घट्यो सेयर बजार

१५.४१ अंकले घट्यो सेयर बजार


काठमाडौं । आज सेयर बजारको परिसूचक १५.४१ अंकले घटेर १९६९ अंकमा झरेको छ । दिनभर कुल २ अर्ब ५ करोडको कारोबार भयो । हिजो २ अर्ब २६ करोडको कारोबार भएको थियो । ४९ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो भने १० को स्थिर रह्यो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २.१ प्रतिशत घट्यो ।

बैंकिङ ६, विकास बैंक ३७, फाइनान्स ४१, होटल तथा पर्यटन १७, हाइड्रोपावर २२, जीवन बीमा ८०, उत्पादन ७९, माइक्रोफाइनान्स ३८, निर्जीवन बीमा ५६, अन्य ८ र ब्यापार समूह १२ अंक घटे । पिपुल्स पावरको मूल्य सबैभन्दा धेरै ६.९ प्रतिशत बढ्यो । मानुसी लघुवित्तको ४.२, विन नेपाल लघुवित्तको ४.२ तथा हिमालयन हाइड्रोपावरको मूल्य ३ प्रतिशत बढ्यो ।

दोल्ती पावरको मूल्य सबैभन्दा धेरै ७.३ प्रतिशत घट्यो । एनआईसी एसिया लघुवित्तको ७.२, हिमालयन लघुवित्तको ४.७, मोलुङ हाइड्रोपावरको ४.२, सिर्जनशील लघुवित्तको ४.२ तथा गोर्खाज फाइनान्सको ४.१ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स, जोशी हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, सोनापुर सिमेन्ट र आईएमई लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।