image
image
बैंकिङ्ग प्रणलीमा निक्षेप संकलनमा कमी, कुन सूचक कस्तो ?

बैंकिङ्ग प्रणलीमा निक्षेप संकलनमा कमी, कुन सूचक कस्तो ?

 

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ्ग प्रणलीमा निक्षेप संकलनमा केही कमी आएको छ। राष्ट्र बैंकको वैशाख ५ गतेको तथ्यांक अनुसार हाल बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ३८ अर्ब निक्षेप संकलन भएको छ। वैशाख ४ गते भने ६१ खर्ब ३९अर्ब निक्षेप रहेको थियो ।

एकदिनमा १ अर्बले निक्षेप घटेको केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ। सो समयमा वाणिज्य बैंकहरुबाट ५४ खर्ब २२ अर्ब निक्षेप संकलन भएको छ।

बैंकको तथ्यांकअनुसार गत बुधबारसम्म कुल कर्जा प्रवाह ५१ खर्ब ५अर्ब भएको थियो । जसमध्ये वाणिज्य बैंकले ४५ खर्ब १५अर्ब कर्जा प्रवाह गरेको छ। बैंकको तथ्यांकले ४ गते भने वाणिज्य बैंकले ४५ खर्ब १६ अर्ब कर्जा प्रवाह गरेको देखाउँछ। सो समयमा बैंकहरुको कर्जा निक्षेप–अनुपात ९सिडी रेसियो० ८०.८२ कायम भएको छ।

त्यस्तै, बैंकको तथ्यांकले अन्तर बैंक ब्याजदर बढेको देखाएको छ। केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले अन्तर बैंक ब्याजदर ३.६५ प्रतिशत रहेको देखाएको छ। गत मंगलबार अन्तरबैंक ब्याज २.७० प्रतिशत कायम थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।