image
image
लगानी सम्मेलनको पूर्वसन्ध्यामा माईतीघरमा संघर्ष समितिको विरोध प्रदर्शन

लगानी सम्मेलनको पूर्वसन्ध्यामा माईतीघरमा संघर्ष समितिको विरोध प्रदर्शन


काठमाडौं । पुँजी बजार संघर्ष समितिले विदेशी लगानीकर्ता आकर्षित गर्न लगानी सम्मेलन गर्ने तर स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । शनिबार काठमाडौंको माईतीघरमा संघर्ष समितिले सरकारले विदेशी लगानीकर्ता आकर्षित गर्न खोजको तर स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै आन्दोलन गरेको हो । सरकारले तेस्रो लगानी सम्मेलन यही बैशाख १६ र १७ गते काठमाडौंमा आयोजना गर्दैछ । सम्मेलनमा १ सय ५१ परियोजनाहरु प्रश्तुत गर्ने कार्यक्रम छ । 

आन्दोलनमा सहभागीहरुले ‘हामी लगानीकर्ता हौं, भिखारी होइनौं’,‘मैलिक हक अधिकारको सुरक्षा गर’,‘लगानी क्याम्प खारेज गर’, ‘लगानीकर्तालाई विदेश पलायन गर्ने कार्य बन्द गर’ लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन् । 

कार्यक्रममा पुँजीबजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले सरकारले पहिले लगानी सम्मेलन गरिसकेको भएपनि केही उपलब्धी हासिल गर्न नसकेको आरोप लगाए ।स्वदेशी लगानीकर्ताले उठाएका मागहरु तत्काल सुनुवाई गरी लगानीको वातावरण बनाएमा नेपाली लगानीकर्ताले पनि राम्रोसँग लगानी गरी देशलाई धनी बनाउन सक्ने उनको दाबी छ । 

उनले भने,‘सरकारको करौडौं बजेट खर्च गरेर नाटक नगरेको राम्रो । पहिले काम गर्नुपर्छ । वातावरण बनाउन हामीले ध्यानाकर्षण गराएका हौं । लगानी सम्मेलन तीन चारवटा भइसक्यो अहिलेसम्म कुनै उपलब्धी हासिल भएको छैन् । त्यसैले यस्तो नाटक गर्नुभन्दा हामी लगानीकर्ताले उठाएका कुराहरु तत्काल सुनुवाई होस् । एउटा वातावरण बनोस् हामी आफै त्यो भूमिका खेल्छौं । नेपाली लगानीकर्ताले पनि राम्रोसँग लगानी गर्छौं । देशलाई धनी बनाउँछौं । ’

उनले लगानीकर्ता भनेपछि चोर, डाका, फटाह र सामन्त भन्ने भाष्य सिर्जना गरेकोमा आपत्ति जनाउँदै देशका नेताहरु र कर्मचारीतन्त्रमा गलत सोचाइ हाबी भएको बताए । नीति, नियम, पूर्वाधार र नियमन राम्रो बनाएर लगानीकर्ताको बजार सुनिश्चित गर्न उनले माग गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।