image
image

सिस्नु दलेर नयाँ वर्षको शुभकामना दिदै

काठमाडौँ। अहिले फेसबुक, ट्वीटर, भाइवर र एसएमएसमार्फत् नयाँ वर्षको शुभकामनाका शब्दहरू लेखेर एकअर्कामा साटासाट गर्दै आएका छन्। सामाजिक सञ्जाल हिजोआज रंगिएको छ नयाँ वर्षको शुभकानाका पोष्टर, तस्बिर तथा शुभकामनाका शब्दहरुले।

तर, सुदूरपश्चिममा भने नयाँ वर्षको शुभकामना दिने प्रचलन बेग्लै छ। यहाँ एक अर्कोबीच सिस्नु दलेर शुभकामना आदान प्रदान गरिरहेका छन्। यो खबर आजको नागरिक दैनिकमा पुष्पराज जोशीले लेखेका छन्।

सुदूरपश्चिममा नयाँ वर्षको दिन ‘विषु पर्व’ भन्दै एकअर्काबीच सिस्नु लगााएर शुभकामना साटासाट गरिँदैछ। गएको वर्षको पाप र खेतबारीमा काम गर्दा लागेका विषहरू नष्ट गर्न एक आपसमा सिस्नुको हाँगाले एक अर्काबिच हान्दै विषु पर्व ९नयाँ वर्ष० मनाउने गरिन्छ।

काम गर्दाका समयमा लागेका विष विषु पर्वका दिन सिस्नुले छ्यापेमा नष्ट हुन्छ भन्ने धारणा सुदूरपश्चिममा पहिले देखि नै रहेको छ। शरीरमा सिस्नु लाग्दा विभिन्न रोग समेत नष्ट हुने डोटी वायलकी सम्झना जोशी बताउँछिन्। ‘सिस्नु शरीरमा लगाउँदा औषधिको काम गर्छ,’ उनले भनिन्, सिस्नु लगाउँदा शरीरमा चिलाउने रोग सञ्चो हुने उनी बताउँछन्। नयाँ वर्षमा सिस्नु लगाएमा शरीरमा लागेको विष नष्ट हुन्छ भन्ने विश्वास रहेको बताउँदै उनले भनिन्,‘पुर्खौदेखिको संस्कृति भएकाले हामी पनि सिस्नु लगाउन एकअर्काबीच प्रतिस्पर्धा गर्छौ।’

विषु पर्वकै दिन डोटी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, बैतडी र दार्चुलामा डेउडा खेल्ने तथा विभिन्न ठाउँ तथा परिवेश अनुसार फरक–फरक खेल, पूजाआजा गरिने भए पनि सिस्नु दलेर शुभकामना दिने प्रचलन भने सबै ठाउँको एउटै छ।

विषु पर्वका दिन सिस्नु नलगाए पनि सबैले सिस्नुको हाँगासम्म छुनुपर्ने मान्यता छ। विषु पर्वका दिन शरीरमा सिस्नु नलगाउने व्यक्तिलाई लखेटेर भए पनि सिस्नु लगाउने गरिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।