image
image
नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि  र कोरियन कम्पनीबीच विषेश सम्झौता

नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि  र कोरियन कम्पनीबीच विषेश सम्झौता


काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि र कोरियन कम्पनी एमएबीसी इन्भेस्टमेन्ट ग्रुप प्रालिबीच नेपालमा लगानी भित्र्याउने विषयमा सम्झौता भएको छ ।लगानी सम्मेलनको दोस्रो दिन सोमबार उक्त सहमति भएको हो ।

चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठको उपस्थितिमा दुवै पक्षबीच सम्झौता भएको हो ।सम्झौतामा एमएबीसी इन्भेस्टमेन्ट ग्रुपको तर्फबाट कम्पनीका अध्यक्ष जियोन योग ली र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट शिवराज दवाडीले हस्ताक्षर गरे ।

कोरियन कम्पनी एमएबीसी इन्भेस्टमेन्ट ग्रुपले नेपाल सरकारसँग उद्योग व्यवसाय, हरित ऊर्जा, सेवा उद्योग, नवीनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा वैदेशिक लगानी ल्याउने स्वीकृति लिएको छ । यस्तो लगानीको रकम नेपाली ६ अर्ब बराबर रहेको छ ।

सम्झौता पत्रमा नेपालभित्र ल्याउने वैदेशिक लगानी मार्फत स्थापना र सञ्चालन हुने यस्ता उद्योग व्यवसायमा नेक्सजेन म्यानेजमेन्टले सहजीकरण तथा परामर्श सेवा प्रदान गर्ने सहमति भएको नेक्सजेन म्यानेजमेन्टले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।