image
image

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मुल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मङ्गलबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज सुकेको प्याज प्रतिकेजी ६८ रुपैयाँ, स्थानीय ज्यापु काउली र तितो करेला ६५ रुपैयाँ तोकिएको छ ।

यसैगरी, परवर, चिचिण्डो र झिगुनी प्रतिकेजी ७५ रुपैयाँ, घिरौला ५५ रुपैयाँ, ठुलो नेपाली गोलभेडा, लोकल बन्दा, स्थानीय काउली, डल्लो भन्टा, लौका र तोरीको साग प्रतिकेजी ४५ रुपैयाँ पर्नेछ ।

सानो गोलभेडा प्रतिकेजी ३० रुपैयाँ, रातो आलु ४७ रुपैयाँ ५० पैसा, सेतो आलु ४२ रुपैयाँ ५० पैसा, लोकल गाजर ५८ रुपैयाँ ३३ पैसा, तराई गाजर, लाम्चो भन्टा र सेतो हाइब्रीड मूला प्रतिकेजी ३५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, तने बोडी ८६ रुपैयाँ, लोकल घिउ सिमी प्रतिकेजी ९५ रुपैयाँ, भटमासकोशा २०० रुपैयाँ, लोकल परवर ७६ रुपैयाँ, पाकेको फर्सी ४० रुपैयाँ, भिण्डी ८६ रुपैयाँ, सखरखण्ड र रायोको साग ७६ रुपैयाँ ६७ पैसा, पालूगो र चमसूरको साग १३६ रुपैयाँ ६७ पैसा, मेथीको साग १३५ रुपैयाँ, कन्य च्याउ १३६ रुपैयाँ र डल्ले च्याउ ३ सय रुपैयाँ, कुरीलो ३७५ रुपैयाँ, न्यूरो ९५ रुपैयाँ र ब्रोकाउली ११० रुपैयाँ पर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।