image
image

 फेरि सानो पर्दामा फर्किए इकु

काठमाडौँ। ‘मेरी बास्सैको चर्चित ‘इकु फेरि सानो पर्दा फर्किएको छ । हास्यश्रृंखला ‘हल्का रमाइलो’ मार्फत ‘इकु’ फेरि सानो पर्दामा देखिने भएको छ । ‘इकु’ लाई सानो पर्दामा फर्काउने काम श्रंखला निर्देशक मरिचमान श्रेष्ठ र राजु पौडेलले गरेका हुन् । श्रृंखलामा केही भेराइटी दिन ‘इकु’ पात्र श्रृंखलामा समेटिएको निर्देशक श्रेष्ठले बताएका हुन्।

‘इकु’को भूमिका सुलेमान शंकरले नै निर्वाह गरेका छन् । यस अगाडि पनि यो भूमिकामा उनी आफु नै देखिँदै आएका छन् । ‘मेरी मास्सै’ पछि  उनले ‘इकु’ लाई चलचित्रमार्फत समेत प्रस्तुत गरेका थिए । ‘फेरि एक पटक ‘इकु’ टेलिभिजनको पर्दामा हेर्न पाए हुन्थ्यो भनेर देश विदेशका कार्यक्रममा जाँदा दर्शकले सँधै भन्नुहुन्थ्यो’ सुलेमानले भने, ‘दर्शकको चाहनाअनुसार अहिले फर्काइएको हो ।’ 

‘पहिले बालबालिकालाई ‘इकु’ को बारेमा थाहा छ । तर अहिलेका बालबालिकालाई केही थाहा छैन’ सुलेमानले थपे ‘अहिलेको पुस्तामाझ पनि ‘इकु’ चरित्र जिवित राख्ने चाहना मेरो पनि थियो । त्यो अवसर ‘हल्का रमाइलो’ कार्यक्रमले दियो ।’ पहिले झै जंगली पात्रको रुपमा ‘इकु’ फर्किएको सुलेमानले खुसि हुदैँ सुनाए ।

नेपाल टेलिभिजनबाट हरेक आइतबार राती ९ बजे प्रसारण हुँदै आएको ‘हल्का रमाइलो’ पछिल्लो समयको हिट श्रृखंला हो ।  श्रृंखलाको हिजोको भागबाट ‘इकु’ फर्काइएको हो । राजु पौडेल, मरिचमान श्रेष्ठ, अनिता बस्नेत, कमला रेग्मी, दीपक शर्मा, पल्लभी महरा, कुमार गजुरेल लगायतका कलाकार यस अगाडि श्रृंखलाको मुख्य भूमिकामा देखिँदै आएका छन् । अबदेखि सुलेमान शंकर पनि ‘इकु’ भूमिका मार्फत यो श्रृंखलामा नियमित देखिनेछन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।