image
image
सबैभन्दा महंगो वेब सिरिज भनिएको ‘हीरामण्डी’का निर्देशक देखि कलाकारको पारिश्रमिक कति ?

सबैभन्दा महंगो वेब सिरिज भनिएको ‘हीरामण्डी’का निर्देशक देखि कलाकारको पारिश्रमिक कति ?


काठमाडौं । निर्देशक सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हीरामण्डी’ बुधबारबाट नेटफ्लिक्समा प्रसारणमा आइसकेको छ । यो सिरिजमा मनीषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्ढा, शर्मिन सहगल र सन्जीदा शेखसँगै फरदीन खान, शेखर सुमन, अध्ययन सुमन र ताहा शाह बदुशाको पनि अभिनय छ ।

सञ्जयले यही सिरिजमार्फत ओटीटी डेब्यू गरेका छन् । लाहोरको रेड लाइट एरियामाथि बनेको यो सबैभन्दा महंगो सिरिज हो । यो सिरिजमा करिब २०० करोड रुपैंयाँ खर्च गरिएको छ । यो सिरिजका लागि निर्देशक भन्सालीसहित कलाकारहरुले सिरिजका हिसाबले राम्रै पारिश्रमिक लिएका छन् ।सञ्जय बलिउडका लोकप्रिय निर्माता र निर्देशकका रुपमा चिनिन्छन् । ‘देवदास’, ‘बाजीराव मस्तानी’, ‘पद्मावत’ र ‘गंगूबाई काठियावाडी’ जस्ता ब्लकबस्टर फिल्मका लागि परिचित भन्सालीले सिरिजका लागि ६५ करोड पारिश्रमिक लिएका छन् ।

सिरिजमा अभिनेत्री सोनाक्षीले सर्वाधिक २ करोड पारिश्रमिक लिएकी छन् । त्यस्तै मनीषाले १ करोड, अदिति राव हैदरीले १ देखि डेढ करोड, ऋचा चड्डाले १ करोड र सन्जीदा शेखले ४० लाख रुपैंयाँ पारिश्रमिक लिएका छन् । भन्सालीले १५ वर्षदेखि यो सिरिज बनाउने तयारी गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।