यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मुल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बुधबार हरियो तरकारीदेखि फलफूलसम्मको मूल्य बढेको छ । यसअघि प्रतिकेजी ६८ रुपैयाँ रहेको सुकेको प्याजको भाउ बढेर आज ७२ रुपैयाँ पुगेको छ भने ४५ रुपैयाँ पर्ने स्थानीय काउलीलाई ५५ रुपैयाँ र ६५ रुपैयाँ पर्ने ज्यापु काउलीलाई ७५ रुपैयाँ पर्नेछ ।
यसैगरी, ४८ रुपैयाँ पर्ने रातो आलुको भाउ घटेर आज ४६ रुपैयाँ ५० पैसामा झरेको छ भने लोकल बन्दा ४५ रुपैयाँबाट घटेर ३५ रुपैयाँ कायम भएको छ । यता, अनारको भाउ पनि प्रतिकेजी २७५ रुपैयाँबाट बढेर ३२३ रुपैयाँ ३३ पैसा, हरियो अंगुर २९० रुपैयाँबाट बढेर २१० रुपैयाँ, कालो अंगुर २९० रुपैयाँबाट ३१० रुपैयाँ पुगेको छ ।









