आज सेयर बजार सामान्य अंकले घटेर बन्द
काठमाडौं । सेयर बजार (नेप्से)परिसुचक आज सामान्य अंकले घटेर बन्द भएको छ । आज सेयर बजार ०.२१ अंकले घटेर १,९६० को विन्दुमा पुगेर बन्द भएको हो । आज दिनभरिमा ३०५ कम्पनीको ५८ लाख ७४ हजार ९७६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५४ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्सको कारोबार भएको छ । आज यस कम्पनीको १० करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको ७ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन डिष्टीलरीको ५ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । दोल्ती पावर कम्पनीका लगानीकर्ताले ९.७४ प्रतिशतका दरले कमाएका छन् । समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.६७ प्रतिशतका दरले कमाएका छन् ।आज सबैभन्दा धेरै कुमारी सबल योजनका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।









