image
image
कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पतालबीच विशेष छुट सम्झौता

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पतालबीच विशेष छुट सम्झौता


काठमाडौं ।  कुमारी बैंक र बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्रबीच बैंकका ग्राहकहरुलाई कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पतालबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । 

यस सम्झौताअनुसार बैंकका ग्राहकहरुले सो कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पतालबाट सेवालिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा ओपिडि सामान्य डेन्टल सेवाहरूमा कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र, काठमाडौ मूख्य कार्यालय तथा नारायणगढ र बुटवलमा रहेका शाखा कार्यालयहरुबाट सेवा लिदा हस्पीटलमा विभिन्न प्रतिशत सेवा पाइने उल्लेख छ । 

१० प्रतिशत, विशेष डेन्टल सेवाहरूमा प्रतिशत ७, सामान्य सेवाहरूमा १० प्रतिशत, क्लिनिकल प्याथोलोजीमा १५ प्रतिशत छुट र साथै पहिलो भिजिटमा निशुल्क आँखा परीक्षण प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ६५शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।