image
image
सौगात र बेनिशाको ‘सिटामोल’ को जापानमा प्रदर्शन अधिकारको सम्झौता

सौगात र बेनिशाको ‘सिटामोल’ को जापानमा प्रदर्शन अधिकारको सम्झौता


काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘सिटामोल’ जापानका लागि ओभरसिज राइट्स बिक्री भएको छ ।गरिमा फिल्म्सले यो फिल्मको जापान प्रदर्शन अधिकार किनेको हो । फिल्मलाई नेपाल र जापानमा एकैदिन रिलिज गर्ने सहमतिअनुसार प्रदर्शन अधिकार बिक्री गरिएको जनाइएको छ । लेखक तथा निर्देशक राजबहादुर सानेले जापानमा प्रदर्शन अधिकार बिक्री भएको र अन्य देशबाट पनि फिल्म रिलिजका लागि प्रस्ताव आएको बताएका छन् ।

फिल्मको प्रदर्शन मिति भने केही दिनमा घोषणा गरिने उनको भनाई छ । फिल्मको अझै केही प्रतिशत छायांकन बाँकी छ, जुन काठमाडौंमा खिच्ने तयारी गरिएको छ । माओवादी(सशस्त्र युद्धको समयको कथामा बनेको फिल्ममा सौगातले जनयुद्धको घाइतेको भूमिका निभाएका छन् ।

तुलसी देवी फिल्मको प्रस्तुति रहेको फिल्ममा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला आदिको पनि अभिनय रहेको छ । बाबुल गिरीको संगीत रहेको फिल्ममा दिव्य सुवेदीको छायांकन छ । भुगोल कुमार कार्की निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।