image
image

बुद्धकृष्णले आठौंपटक जिब्रो छेडे

भक्तपुर, ३ बैशाख । मध्याह्न १२ बजेदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मान्छेहरूको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसको भीड बढ्दै गयो । कोरोना सङ्क्रमणको महामारी फैलिँदै गए पनि त्यसको बेवास्ता गर्दै जात्रास्थलमा मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न एकैछिनमा मानिस खचाखच भए ।



बाँसको चिम्टी बजाउँदै एकहुल मानिस हातको साङ्लो बनाएर आयो, सबैको ध्यान त्यतै केन्द्रित भयो, त्यही भीडको बीचमा जिब्रो छेड्न तयार भए बुद्धकृष्ण । बोडेका सबै देवीदेवताको मन्दिरमा पुगेर पूजा गर्दै ४८ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठ त्यहाँ आइपुग्नुभएको हो । बोडेका बासिन्दाले उहाँको जयजयकार गरे । पाँचो गणेशको दक्षिण फर्केको पाटीमा बनाइएको मञ्चमा उक्लिएपछि कर्मी नाइकेहरूले वरिपरी अक्षता र फूल छर्किएर देवीदेवतालाई सम्झँदै धुपबत्ती बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले हजारौँ मानिसकै अगाडि वागश्रेष्ठको जिब्रो छेडियो ।

त्यसपछि उहाँले सबैलाई नमस्कार र अभिभावदन गरेपछि चन्द्राकारकोे भ्वाय् अर्थात् महाद्वीप बोकेर निस्किए बुद्धकृष्ण । महाद्वीप बोकेर करीब पौने एक घण्टासम्म बोडेको टोलटोल घुमेर पुनः भाँगु टोलमा पुगेर महालक्ष्मी मन्दिरभित्र प्रवेश गरेपछि सुइरो निकालेर मन्दिरमा ठोकिएपछि यो जात्रा सम्पन्न भयो ।


मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकको रूपमा कार्यरत बुद्धकृष्ण कोरोना महामारी शुरु भएसँगै गत वर्षदेखि कोभिडका बिरामी मात्रै बोक्ने आइसोलेटेड एम्बुलेन्स चलाएर कोरोना सङ्क्रमितको सेवा गर्र्दै आएका छन् ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर आज जिब्रो छेडेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेका थिए । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने श्रेष्ठले बताए ।

परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यस वर्ष पनि आफूले बिज्रो छेडेको बताए । यसअघि २०६१ सालदेखि ०६४ सालसम्म जिब्रो छेडेको उनले आमाको निधनपछि बोडेको जुजुभाइ बाँसश्रेष्ठले ०६५ देखि ०७२ सालसम्म जिब्रो छेडेर यो जात्रालाई निरन्तरता दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।