image
image
९ महिनामा विप्रेषणः वैदेशिक व्यापारमा गिरावट, रेमिट्यान्स भने बढ्यो

९ महिनामा विप्रेषणः वैदेशिक व्यापारमा गिरावट, रेमिट्यान्स भने बढ्यो


काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेर रु.१० खर्ब ८२ अर्ब ६२ करोड पुगेको जानकारी गराएको हो । 

यस्तै चालु आर्थिक वर्षको नौ महिनामा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.९ प्रतिशतले घटेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार १८।९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वस्तु निर्यात ३.७ प्रतिशतले घटेको छ भने वस्तु आयात २.८ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.८ प्रतिशतले घटेको बैंकले जनाएको छ । 

आयातमा आएको संकुचनका कारण शोधनान्तर बचत बढ्न गई बाह्य क्षेत्र सुदृढ रहेको पनि बैंकले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा चालु खाता रु.१७९ अर्ब ४८ करोड र शोधनान्तर रु.३६५ अर्ब १६ करोडले बचतमा रहेको जनाइएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता ६० अर्ब ४३ करोडले घाटामा र शोधनान्तर १७४ अर्ब २८ करोडले बचतमा रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर बचत उल्लेख्य बढेका कारण विदेशी विनिमय सञ्चिति बढ्न गई चैत मसान्तमा १९ खर्ब ११ अर्ब ८६ करोड (अमेरिकी डलर १४ अर्ब ३६ करोड) बराबर पुगेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।