image
image
विद्युतीय गाडीमा कर बढ्ने संकेतः वैशाखमा भित्रिए १४ सय गाडी

विद्युतीय गाडीमा कर बढ्ने संकेतः वैशाखमा भित्रिए १४ सय गाडी

 

काठमाडौं । भन्सार विभागले १० महिनाको तथ्यांक सार्वजनिक गरेको छ ।   १० महिनामा  विद्युतीय गाडी चैत महिनाको तुलनामा तीन गुणाले बढेको हो । यसको अर्थ  आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय सवारीसाधनमा कर बढ्न सक्ने आँकलनकाबीच आयातबढेको अटो क्षेत्रका पदाधिकारीहरु बताउँछन् । बैशाख एक महिनामा १ हजार ४०४ वटा विद्युतीय गाडी भित्रिएको भन्सार विभागले जनाएको छ। विभागको तथ्याँक अनुसार चैतमा ६५८ वटा विद्युतीय गाडी आयात भएका थिए। यस्तै फागुन महिनामा २७६ वटा मात्रै गाडी आगात भएको थियो। पुस महिनामा करिब १४ सय गाडी भित्रिएको थियो भने माघमा ११ सय गाडी आयात भएको थियो।

चालु आर्थिक वर्षको १० महिनामा २१ अर्ब ८ करोड रुपैयाँ बराबरको ८ हजार ४९७ वटा विद्युतीय गाडी आयात भएका छन्। जसबाट सरकारले ९ अर्ब ३६ करोड रुपैयाँ राजस्व उठाएको छ। पछिल्लो समय इन्धन गाडीको बजार इभीले खोस्दै गए पछि इन्धनबाट चल्ने गाडीको व्यापार न्यून छ ।

जसको कारण इभी गाडीको आयात बढ्दै गएको छ भने इन्धनबाट चल्ने गाडीको आयात कम भएको छ। भन्सार विभागले सार्वजनिक गरेको चैतसम्मको तथ्याङ्कमा ५० किलोवाटसम्मका ३ हजार ४७२ गाडी आयात भएका छन्।५० देखि १०० किलोवाटका ४ हजार ८९६ ओटा गाडी नेपाल भित्रिएका छन । यस्तै १०१ देखि २०० किलोवाटसम्मका १०५ वटा र २०१ किलोवाट माथिका २४ वटा मात्रै आयात भएका छन्। 

५० किलोवाटसम्मका गाडीमा भारतको बर्चस्व रहँदा ५० देखि १०० किलोवाटसम्म चिनियाँ ब्रान्डका गाडी देखिएका छन्। जसमा ५० किलोवाट तलका टाटाको टियागोसँगै एमजी कोमेट भारतबाट आउँछन्। चीनबाट बीवाईडीको अट्टो ३,सेरेस ३ लगायतको आयात बढी रहेको छ। त्यस्तै विद्युतीय अन्य उपकरणहरुको पनि आयात चैतको  तुलनामा दुईगुणाले बढेको तथ्यांकल देखाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।