image
image
सेयर बजारमा दोहोरो अङ्कको वृद्धि, पाँच अर्ब बढीको कारोबार

सेयर बजारमा दोहोरो अङ्कको वृद्धि, पाँच अर्ब बढीको कारोबार

काठमाडौं । आज सेयरबजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । फाइनान्स समूहमा वृद्धि आउँदा आज बजारले २१०० अङ्कको मनोवैज्ञानिक विन्दुलाई ब्रेक पनि गरेको छ ।

सोमबार २७.५५ अङ्कले बढेको सेयरबजार आज थप २३.९४ अङ्कले बढेर २११५.९४ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार दुई सय १२ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर ५ अर्ब २० करोड ६२ लाख ८ हजार १११.५६ रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार रकममा भने गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त, सामूदायिक लघुवित्त र मध्य भोटेकोशी हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशतकै हाराहारीमा वृद्धि भयो । आज सर्वाधिक गुमाउनेमा साइन रेसुङ्गा विकास बैंक र भगवती हाइड्रो रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घट्यो ।
 
आज फाइनान्स समूहको उपसूचक सर्वाधिक ३.५५ प्रतिशतले बढ्दा हाइड्रोपावर समूहको समूहको उपसूचक २.१६ प्रतिशत बढ्यो । यसैगरी आज ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ०.५३ प्रतिशतले घट्दा विकास बैंक समूहको उपसूचक ०.२९ प्रतिशतले घट्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।