image
image

आजको फलफूल तथा तरकारी बजार मूल्यः सस्तो काक्रो र महँगो सिताके च्याउ


काठमाडौं । आज कालीमाटी तरकारी बजारमा सबैभन्दा सस्तो हाइब्रीड काक्रो रहेको छ भने सिताके च्याउ महँगो रहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज हाइब्रीड काक्रो प्रतिकेजी २५ रुपैयाँ रहेको छ भने तरबुजा प्रतिकेजी ३० रुपैयाँ पर्नेछ । त्यस्तै, हरियो तरबुजा प्रतिकेजी ३० रुपैयाँ, हरियो फर्सी, सानो गोलभेडा, सेतो हाइब्रीड मूला, तोरीको साग र लाम्चो भन्टा प्रतिकेजी ३५ रुपैयाँ तोकिएको छ । 

त्यस्तै, ठुलो गोलभेडा ९भारतीय०, झिगुनी र हरियो खुर्सानी (माछे)ं प्रतिकेजी ६५ रुपैयाँ पर्नेछ । लोकल सानो गोलभेडा, डल्लो भन्टा, तितो करेला र घिरौला प्रतिकेजी ४५ रुपैयाँ, रातो आलु ५५ रुपैयाँ २० पैसा, रातो आलु (भारतीय) ४९ रुपैयाँ, सेतो आलु ४६ रुपैयाँ ५० पैसा, सुकेको प्याज ८१ रुपैयाँ ४० पैसा, लोकल गाजर ६० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, लौका र स्थानीय काउली ५५ रुपैयाँ, स्थानीय ज्यापु काउली ६६ रुपैयाँ ६७ पैसा, तने बोडी ९५ रुपैयाँ, मटरकोशा १९० रुपैयाँ, घिउ सिमी ९लोकल० ८६ रपैयाँ र भटमासकोशा ११० रुपैयाँ पर्नेछ । 

यसैगरी, भिण्डी प्रतिकेजी ४० रुपैयाँ, स्कुस र सखरखण्ड ७५ रुपैयाँ, रायोको साग ४६ रुपैयाँ ६७ पैसा, पालूगो साग १५६ रुपैयाँ ६७ पैसा, चमसूरको साग १३६ रुपैयाँ ६७ पैसा, मेथी, सौफ र चमसूरको साग १३६ रुपैयाँ ६७ पैसा, तरुल १०५ रुपैयाँ, कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ ३८० रुपैयाँ, कुरीलो ३२५ रुपैयाँ, न्यूरो १३० रुपैयाँ, ब्रोकाउली ९५ रुपैयाँ, कागती र गुन्द्रुक २७५ रुपैयाँ, फूजी स्याउ ३१५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, मालदह र कलकत्ते आँप २१० रुपैयाँ तोकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।