image
image
आईपीओ निष्कासन गर्दै नेपाल सोलार फार्म लिमिटेड, ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक

आईपीओ निष्कासन गर्दै नेपाल सोलार फार्म लिमिटेड, ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक

 

काठमाडौं । नेपाल सोलार फार्म लिमिटेडले १२ करोड रुपैयाँ बराबरको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)  बिक्रीमा ल्याउने भएको छ । कम्पनीले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरको १२ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्नको निमित्त ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त सम्झोतापत्रमा कम्पनी र क्यापिटलबीच २०८१ जेठ ७ गते ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रजिष्टर्ड ९केन्द्रीय० कार्यालय नक्साल, काठमाण्डौंमा आयोजित एक विशेष कार्यक्रममा सेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको हो । नेपाल सोलार फार्म लिमिटेडको तर्फबाट सञ्चालक जितेन्द्र भट्टराई र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

वि.सं. २०७४ सालमा प्रालिको रुपमा दर्ता भई वि।संं।२०८० सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको नेपाल सोलार फार्म लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बाफल काठमाण्डौंमा रहेको छ । कम्पनीको अधिकृत पुँजी ३० करोड रुपैयाँ र जारी पुँजी २५ करोड रुपैयाँ रहेको कम्पनीको सोलार फार्मको आयोजना कास्की जिल्ला, रुपाकोट गाउँपालिकाको वडा नम्बर ६, सिम्लेमा रहेको छ ।

 कम्पनी अन्तर्गत निर्माण सम्पन्न भएको आयोजना सोम राधाकृष्ण सोलर फार्मबाट २०७९ कार्तिक १४ देखि ४ मेगावाट क्षमताको विद्युतशक्तिको व्यापारिक उत्पादन सुरु भई राष्ट्रिय प्रसारण लाइनमा जोडिईसकेको छ । भविष्यमा थप सौर्य उर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्य रहेको यस कम्पनीमा सोलार लगायत अन्य विभिन्न उर्जा तथा विकास निर्माण क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तिहरुको लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।