image
image

दुबै हातखुट्टा गुमाएका सीपी ,सबैले रोज्ने फोटोग्राफर 

काठमाडौँ। भनिन्छ मनमा कुनै कार्य गर्ने दृढ इच्छाशक्ति भए कुनै पनि चुनौतीले सफलता पाउनबाट रोक्न सक्दैन । तथापी दुबै हातखुट्टा नभएका मानिसले फोटो क्लिक गर्न सम्भव होला त पक्कै हुदैँन ।

शारीरिक अशक्तताका कारणले नै यस प्रकारको अपांगता भएका व्यक्तिले फोटो खिच्न असम्भव झै हुन्छ । तर भारतका एक व्यक्तिले भने यसलाई सम्भव बनाएका छन् । भारतको केरलको मलाप्पुरम निवासी सीपी शिहाबुद्दीन नामक व्यक्तिले यो असम्भव कार्य गरेर देखाएका छन् । उनले फोटोग्राफिको शौख पुरा गर्दै मज्जाले क्यामेरामा तस्वीर कैद गर्छन् ।

सीपी शिहाबुद्दीन एक रोगका कारण आफ्ना दुबै हातखुट्टा गुमाउन पुगे । टेट्रा अमेलिया सिंड्रोम नामक एक दुर्लभ बिमारीको शिकार उनले हातखुट्टा गुमाए पनि आफ्नो रहरको पेशा फोटोग्राफी त्यागेनन् ।

उनले आफ्नो हौसला रोकेनन् । र निरन्तर यसकालागी काम गरिरहे । जसका कारण धेरै मानिसमा उनीबाट प्रेरणा लिने गर्दछन् । उनको एक भिडियो सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।