image
image
बीएमडब्ल्यूको एसएभी नेपालमा, कति छ मूल्य ?

बीएमडब्ल्यूको एसएभी नेपालमा, कति छ मूल्य ?

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा लग्जरी इलेक्टीक कार भित्रिने क्रम तीव्र छ । व्यवसायीहरूले हप्तैपिच्छे नयाँ नयाँ ब्राण्डका ईभी नेपाल ल्याइरहेका छन् । यसैक्रममा बीएमडब्लुको आइएक्स वान इलेक्ट्रीक स्पोर्ट्स एक्टीभ भेहिकल नेपाल भित्रिएको छ । नेपालका लागि बीएमडब्लुको आधिकारिक वितरक लक्ष्मी प्रिमियमले लग्जरी ईभी आइएक्स वान नेपाल ल्याएको हो । 

बीएमडब्लुको आइएक्स वानमा पाँचौ जेनेरेशनको ईड्राइभ २० टेक्नलोजीको प्रयोग भएको छ । यो ईभीमा १५० किलोवाटको फ्रन्ट ड्राइभ इलेक्ट्रीक मोटर रहेको छ । ८.६ सेकेण्डमा १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुड्न सक्ने कम्पनीको दावी छ । यसको टप स्पीड १७० किलोमिटर प्रतिघण्टा रहेको छ ।

६४.७८ किलोवाट आवरको ब्याट्री प्याक रहेको आइएक्स वानको रेञ्ज ४३० किलोमिटर रहेको छ । यो ईभीलाई ११ किलोवाटको एसी चार्जरले शून्यबाट १०० प्रतिशत चार्ज गर्न ६.५ घण्टा लाग्छ भने १३० किलोवाटको फास्ट चार्जरले २९ मिनेटमा १० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको भनाइ छ । नेपाली बजारमा बीएमडब्लुको आइएक्स वान ईभीको मूल्य १ करोड ४९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।