image
image
किरण र ममताले ल्याए तिमी सुस्तरी छेउ आइदेउन

किरण र ममताले ल्याए तिमी सुस्तरी छेउ आइदेउन

काठमाडौं । गायक किरण भुजेल र गायिका ममता गुरुङको स्वर रहेको तिमी सुस्तरी छेउ आइदेउन बोलको गीतको भिडियो  सार्वजनिक गरिएको छ। 

नवीन श्रेष्ठको शब्द सिर्जना रहेको सार्वजनिक गीतमा वरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको छ। जसमा राहुल प्रधानको एरेन्ज रहेको छ। भिडियोले प्रेममा सफल भएका दुई जोडीको रमाइलो प्रेम कथालाई  कलात्मक तरिकाले वर्णन गरेको छ। गीत क्लासिक फ्लेभरमा तयार पारिएको र आफ्ना अघिल्ला शृजना भन्दा यो शृजनामा अलक स्वाद सहित आएको संगीतकार श्रेष्ठ बताउँछन्। भन्छन् यो फरक शैलीको गीत मेरा सारा दर्शक र स्रोताहरुका लागि हो। 

जिन्दगी आँफुले माया  गरेको मान्छेसँग  खुशी खुशी समय बिताउने सन्देश भिडियोले दिन्छ। जसमा गायक किरणसँगै ललना चिमोरिया, सम्राट अधिकारी, प्रिन्सिखा श्रेष्ठको बेजोड अभिनय देख्न सकिन्छ। किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको सार्वजनिक गीतको भिडियो निर्देशन केशवराज भट्टले गरेका हुन्। 

निर्देशक भट्टकै कोरियोग्राफी रहेको तिमी सुस्तरी छेउ आइदेउनको छायांकन विशाल थापाले गरेका हुन् भने कलर र सम्पादन दिनसन शाहले गरेका हुन्।  भिडियो संगीतकार श्रेष्ठकै अफिसियल च्यानलबाट बजारमा आएको हो।

https://www.youtube.com/watch?v=PsO0S83Azr4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।