image
image
सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

 

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट छ । यद्यपि कारोबार रकम भने उल्लेख्य घटेको छैन । आइतबार नेप्से परिसूचक २२.१४ अंकले घट्दै २१०९.३४ मा छ । १ करोड १० लाख ४४ हजार ४८५ कित्ता सेयर ४ अर्ब ४४ करोड १५ लाख रुपैयाँमा कारोबार भएको छ । सेयर बजारलाई ३.३७ प्रतिशतले बढेको होटल तथा पर्यटन उपसमूहले थामेको छ । १३ मध्ये होटल तथा पर्यटन र म्युचुअल फण्डबाहेक अन्य सबै उपसमूह घटेका छन् । 

२१५ कम्पनीको सेयरमूल्य घट्दा फाइनान्स उपसमूह सर्वाधिक २.१९ प्रतिशतले घटेको छ । २९ कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको स्थिर छ । कालिञ्चोक दर्शनको सेयर बढेर सर्किट लागेको छ । सिटी होटल पनि ८.२४ प्रतिशतले बढेको छ । 

सर्वाधिक कारोबार हुने कम्पनीमा आइएमई लाइफ इन्स्योरेन्स छ । उक्त बीमा कम्पनीको १५ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरि सीइडीबी हाइड्रोपावरको १५ करोड ३१ लाख, फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको १४ करोड ८१ लाख, नबिल बैंकको १३ करोड ४० लाख र सोल्टी होटलको १० करोड रुपैयाँको सेयर कारोबार भएको छ । 
    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।