image
image
बढ्यो नेपालीको औषत आयु , मातृ मृत्युदर घट्यो

बढ्यो नेपालीको औषत आयु , मातृ मृत्युदर घट्यो

काठमाडौं  । पछिल्लो वर्षमा नेपालीको औसत आयु वृद्धि भएर ७१ वर्ष पुगेको छ भने शिशु मृत्युदर पनि २१ प्रतिशतमा झरेको छ । मंगलबार आर्थिक वर्ष ०८१ ÷०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले देशमा निरपेक्ष गरिबी घटेको र नेपालीको औसत आयु पनि वृद्धि भएको बताए । 

२०६२ सालमा निरपेक्ष गरिबी ३० दशमलब ८ प्रतिशत रहेकामा हाल घटेर २० दशमलब ३० प्रतिशतमा झरेको उल्लेख गर्दै अर्थमन्त्री पुनले भने, ‘मानव विकास सूचकांक ०.५०५ बाट बढेर ०.६०२ कायम भएको छ । नेपालीको औसत आयु ६०.७ वर्षबाट बढेर ७१ .३ वर्ष पुगेको छ ।’यस्तै नेपालको साक्षरता दर पनि ५८ प्रतिशतबाट बढेर ७६ .२ प्रतिशत पुगेको छ । ४५ प्रतिशतबाट बढेर ५७ प्रतिशत जनतामा खानेपानीको पहुँच पुगेको छ । यस्तै पछिल्लो समय शिशु र मातृ मृत्युदरमा पनि केही सुधार भएको छ । 

‘संवत् २०६४ मा शिशु मृत्युदर प्रतिहजार जिवीत जन्ममा ८९ जना रहेकोमा हाल २१ मा झरेको छ । पाँच वर्ष मुनिका बाल मृत्युदर प्रतिहजार ६१ बाट ३३ मा र मातृ मृत्युदर प्रतिलाख २८१ बाट १५१ मा झरेको छ,’ अर्थमन्त्री पुनले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।