image
image
बजेटका पाँच उद्देश्य र प्राथमिकता के के छन् ?

बजेटका पाँच उद्देश्य र प्राथमिकता के के छन् ?

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले कूल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका छन् । मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै  कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका हुन् । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो ।

अर्थमन्त्री पुनका अनुसार कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड १९.७४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

अर्थमन्त्री पुनले बजेट सार्बजनिक गर्दै यस बजेटका पाँच उद्धेश्य र पाँच प्राथमिकता रहेको बताएका छन् ।

बजेटका पाँच उद्देश्य 

१-  उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नु, 
२-  निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु र आर्थिक क्रियाकलापमा तीव्रता ल्याउनु,
३- मानव संसाधन विकास गर्नु,
४-  स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढङ्गले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्नु, र
५-  सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु । 
 
बजेटका पाँच प्राथमिकता:

१-  आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन, 
२-  कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास  तथा पूर्वाधार निर्माण,
३-  शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास,
४- समावेशिता र सामाजिक सुरक्षा, र  
५- सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।