image
image
सेयर बजारमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार

सेयर बजारमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक  गरेयता ओह्रालो लागेको सेयर बजार साताको अन्तिम कारोबार दिन दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक १९.८९ अंकले घट्दै २०६९.५३ मा रह्यो ।९८ लाख ६४ हजार ४८२ कित्ता सेयर ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँमा किनबेच भएको छ । 

यसअघि बुधबार परिसूचक २३.८१ अंकले घट्दै २०८९.४२ को विन्दुमा रह्ँदा १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँमा किनबेच भएको थियो । बिहीबार १३ मध्ये उत्पादन तथा प्रशोधन, जलविद्युत र फाइनान्सबाहेक सबै उपसमूह घटेका छन् । वाणिज्य बैंक उपसमूह सर्वाधिक १.७२ प्रतिशतले घटेको छ । २४७ कम्पनीको सेयर कारोबारमा १७३ को सेयरमूल्य घटेको छ ।  

पोखरा फाइनान्सका लगानीकर्ता धेरै नोक्सानीमा छन् । उक्त कम्पनीको सेयरमा नकारात्मक सर्किट नै लागेको छ । कालिञ्चोक दर्शन, बाराही हाइड्रोपावर, नेपाल वेयरहाउस पनि घटेका छन् । 

७० कम्पनीको सेयरमूल्य बढ्दा तीन कम्पनीको सर्किट नै लागेको छ । नेपाल फाइनान्स, अपर लोहोरेखोला हाइड्रोपावर र भगवती हाइड्रोपावरका सेयरमा सर्किट लागेको हो । मनकामना इन्जिनियरिङ हाइड्रोपावर र युनिलिभर नेपालको सेयर पनि सर्किटस्तरमा बढेको छ । 

सेयरमूल्य बढेर सर्किट लागेको नेपाल फाइनान्स नै बिहीबार सर्वाधिक कारोबार भएको कम्पनीमा परेको छ । उक्त फाइनान्सको १९ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै ज्ञादी ग्रुप अफ पावरको १५ करोड ३० लाख, जानकी फाइनान्सको १३ करोड ६० लाख, सीइडीबी हाइड्रोपावरको १२ करोड ३ लाख र कालिञ्चोक दर्शनको १० करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।