image
image

आजको फलफूल तथा तरकारीको बजार मूल्य, प्याजदेखि कुरीलोसम्मको तरकारी महँगियो


काठमाडौं । आज मुडेको आलु, मकै बोडी, डल्ले च्याउलगायतका तरकारीको भाउ घटेको छ भने सुकेको प्याज, कन्य च्याउ, कुरीलोलगायतको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार मुडेको आलु प्रतिकेजी ४९ रुपैयाँ रहेकोमा आज घटेर ४७ रुपैयाँमा झरेको छ भने मकै बोडी प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसाबाट घटेर ७५ रुपैयाँमा झरेको छ । तने बोडीको भाउ भने आज बढेको छ ।

यसअघि प्रतिकेजी ६४ रुपैयाँ रहेको तने बोडीलाई आज ६६ रुपैयाँ पर्नेछ भने १८० रुपैयाँ तोकिएको कन्य च्याउ आज २०४ रुपैयाँ थोक मूल्यमा उपलब्ध छ । त्यस्तै, डल्ले च्याउ ३ सय रुपैयाँ रहेकोमा आज घटेर २७६ रुपैयाँमा र कुरीलो २७५ रुपैयाँबाट बढेर २९० रुपैयाँ पुगेको छ । सुकेको प्याज प्रतिकेजी ६६ रुपैयाँ ४० पैसा रहेकोमा आज बढेर ६८ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।