image
image

काठमाडौँ महानगरपलिकाले करदाता सचेतनाका लागी सडकनाटक सुरु

काठमाडौँ। महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन आजबाट सडकनाटक सुरु गरेको छ । 

करदातालाई दबाब नदिइ सकारात्मक सन्देशसहित कर तिर्ने वातावरण निर्माण होस् भन्ने कारणले काठमाडौँ महानगरपलिकाले आनुसुकी घरबेटी बा सडकनाटक’ सुरु गरेको छ ।

महानगरपालिकाले पहिलो चरणमा काठमाडौँ महानगरपालिकाभित्रका वसन्तपुर, कालिमाटी, कलंकी, चाबहिल, गौशाला, नयाँबानेश्वरलगायतका १० स्थानमा सडकनाटक गर्न लागेको हो । शुक्रबार वसन्तपुर, कालिमाटी र कलंकीमा सडकनाटक भएको छ । कर तिर्दा हुने फाइदा र नतिर्दा हुने  बेफाइदाको विषयलाई लिएर सडकनाटक देखाइएको छ  ।  

काठमाडौं महानगरपालिकाका राजस्व विभाग प्रमुख डाक्टर शिवराज अधिकारीले करदातालाई कर र दबाबमा कर तिर्नुभन्दा स्वतस्फुर्त रूपमा कर तिर्नुपर्छ भन्ने अभियानअन्तर्गत सडकनाटक मञ्चन गरिएको बताए ।  कानुनमा करसम्बन्धी के व्यवस्था छ, कर कसरी तिर्नुपर्छ, समयमै कर तिर्दा के–कस्तो छुट पाउन सकिन्छ भन्ने कुरालाई केन्द्रित गरेर सडकनाटक गरिएको पनि उनले बताए । 

महानगरपालिकाले पहिलोपटक सडकनाटकमार्फत करसम्बन्धी सचेतना फैलाउन लागेको पनि अधिकारीले बताए । पहिलो चरणमा आर्थिक कारोबार बढी हुने क्षेत्रका बजारमा नाटक देखाइने र बिस्तारै सबै स्थानमा नाटक गरिने बताए । नाटकमार्फत करदातालाई कर तिर्नका लागि जागरुक गराउने मात्र नभई तिरेको कर राज्यले कसरी सदुपयोग गर्छ भन्ने देखाउन खोजिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।