image
image
आज बैंक तथा वित्तीय संस्थाबाट थप २५ अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक

आज बैंक तथा वित्तीय संस्थाबाट थप २५ अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक


काठमाडौँ । हिजो मात्रै ५० अर्ब तरलता प्रशोचन गरेको नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाबाट थप २५ अर्ब तरलता खिच्ने भएको छ ।बैंकले ७ दिने निक्षेप संकलन उपकरण मार्फत जेठ १८ देखि जेठ २५ गतेसम्मका लागि २५ अर्ब निक्षेप संकलन गर्न लागेको हो ।

 राष्ट्र बैंकबाट इजाजत पाएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनको बोलकबोलका लागि आवेदन दिन सक्नेछन् । ती संस्थाले कम्तिमा १० करोड देखि सो भन्दा माथि ५ करोडले भाग गर्दा निशेष भाग जाने रकम २५ अर्बसम्मै बोल गर्न सक्नेछन् ।

संकलित निक्षेपको साँवा तथा ब्याज राष्ट्र बैंकले जेठ २५ गते भुक्तान गर्नेछ । ब्याजको हकमा सबैभन्दा कम कबोल गरिएको ब्याजलाई पहिलो प्राथमिकतामा राखी त्यसै क्रमले बोल गरिएको रकम क्रमशस् बाँडफाँड हुनेछ । यसरी निक्षेप संकलन गरिएको रकम तरलता अनुपात तथा एसएलआरमा बैंक तथा वित्तीय संस्थाले गणना गर्न पाउनेछन् ।
 
बैंक तथा वित्तीय संस्थामा तरलता बढे पनि कर्जा विस्तार भने उत्साहजनक हुनसकेको छैन । अहिले सिडि रेसियो ८०.२७ प्रतिशत रहँदा अन्तर बैंक ब्याजदर २.९६ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।