आजको फलफूल तथा तरकारीको बजार मूल्य, महँगियो मटरकोशा
काठमाडौं । आज मटरकोशा प्रतिकेजी २५ रुपैयाँले महँगिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज मटरकोशा, सुकेको प्याजलगायतका तरकारीहरूको मूल्य बढेको हो ।
यसअघि प्रतिकेजी १३० रुपैयाँ तोकिएको मटरकोशाको भाउ आज बढेर १५५ रुपैयाँ पुगेको छ भने सुकेको प्याज ६७ रुपैयाँ ३३ पैसाबाट बढेर ७३ रुपैयाँ पुगेको छ ।
यता, काउली, बोडीको भाउ भने घटेको छ । यसअघि प्रतिकेजी ६५ रुपैयाँ रहेको स्थानीय काउलीलाई आज ५४ रुपैयाँ कायम भएको छ भने तने बोडी ९५ रुपैयाँबाट ५६ रुपैयाँ र मकै बोडी ७५ रुपैयाँ रहेकोमा आज बढेर ८६ रुपैयाँ ६७ पैसा कायम भएको छ ।









