प्रभु बैंक लि.र हिमाल हस्पिटबीच विशेष छुट सम्झौता
काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ,ज्ञानेश्वर स्थित हिमाल हस्पिटल(HH) र प्रभु बैंक लिमिटेडबीच बैंककाग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदानगर्ने सम्झौता भएको छ ।
एक समारोहका बिच हिमाल हस्पिटल(HH)का तर्फबाट व्यवस्थापकीय निर्देशक नविन ताम्ली र प्रभु बैंक लि.का तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकाल ले समझदारी ज्ञापनपत्र MOU मा हस्ताक्षर गरेका छन् ।
समारोहमा प्रभु बैंकको बजार व्यवस्थापक का तर्फबाट म्यानेजर दिना चित्रकार र सबिन राणा तथाहिमाल हस्पिटल(HH) का मूख्यप्रशासन अधिकृत राजेन्द्र के.सी. को समेत उपस्थिति रहेको थियो ।
सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले हिमाल हस्पिटल(HH) मा उपचार सेवालिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा १० देखी २०प्रतिशत तथा शल्यक्रिया शुल्कमा १० प्रतिशत सम्मछुट प्राप्तगर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक हिमाल हस्पिटल(HH) मा पेश गर्नुपर्ने छ ।
सन् १९७८ मा बिराटनगर मा स्थापि तथा पानर्सिङ्गहोम पछि सन् १९८८ माज्ञानेश्वर,काठमाण्डौमानाम परिवर्तन भईहिमाल हस्पिटल(HH) गरिएकोथियो ।जुननेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक मध्यको दोस्रो निजी अस्पतालहो । हिमाल हस्पिटल(HH) ले केहीदशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवाप्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आईरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुको लागिहिमाल हस्पिटल(HH) माविभिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथाउपचार सेवाहरु समेतको व्यवस्था रहेको छ ।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथाहालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखाकार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmतकरिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवाप्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवाप्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।









