डिजिटल बैंकिङ्गसेवामा एनआईसी एशिया बैंक उत्कृष्टः पायो ‘इन्फोसिस फिनाकलइनोभेसन अवाड २०२४’
काठमाडौं । ‘डिजिटल फष्ट बैंक’बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एनआई सी एशिया बैंकलेमुलुकको बैंक तथावित्तीय क्षेत्रमाउत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै प्रतिष्ठित ‘इन्फोसिस फिनाकलइनोभेसन अवार्ड्स २०२४’(Infosys Finacle Innovation Awards 2024)प्राप्तगर्न सफलभएको छ ।
अन्तर्राष्ट्रिय स्तरको सेवाप्रदायक Infosys Finacle ले हरेक वर्ष आयोजनागर्ने ‘इनोभेसन अवार्ड्स’अन्तर्गतसन् २०२४ का लागि(Innovation Awards 2024)अन्तर्गत ‘च्यानलइनोभेसन प्लाटिनम’Channel Innovation Platinum अवार्डबाट बैंक सम्मानित भएको हो ।
नेपालको डिजिटल बैंकिङ्ग सेवामाइनोभेटिभ र उत्कृष्ट प्रोडक्ट आईसर्भ (iServe) ल्याएर अन्तर्राष्ट्रिय स्तरको अनलाइन बैंकिङ्ग सेवाप्रदान गरे वापत यस बैंकले १० विधामा २०० आवेदनहरुकाबीचप्रतिस्पर्धा गर्दै इनोभेसन विधामाउक्त अवार्ड प्राप्त गरेको हो । आईसर्भ यस बैंकले ल्याएको नेपालको उत्कृष्ट डिजिटल प्लेटफर्म हो, जसले भौतिक रुपमा बैंकको शाखाकार्यालय नपुगीआफ्नै घर वाकार्यालयबाट डिजिटल बैंकिङ्ग सेवाउपभोग गर्ने सुविधाउपलब्ध गराएको छ । जहाँबाट ग्राहक सेवा, भुक्तानी,कार्ड सेवा, डकुमेन्ट भेरिफिकेसन, मोबाइल बैंकिङ्ग सेवा, टेलर सेवा, अनलाइन सेवाहरु, मर्चेन्ट सेवाहरु तथा ट्रेड सेवाहरु जस्ता मुख्य डोमेनबाट अधिकांश डिजिटल बैंकिङ्ग सेवाउपलब्ध गराउँदै आएको छ । लाखौंग्राहकहरुमाझ डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यले मोबाइल बैंकिङ्गतथा इन्टरनेट बैंकिङ्ग सेवामार्फत अधिकांश डिजिटल बैंकिङ्गसेवाहरु उपलब्ध गराउँदै आएको बैंकले प्राप्त गरेको यस सम्मानले यीसेवाहरुलाई अझ बढी परिस्कृत गर्दै बढीभन्दा बढी ग्राहकहरुमाझ पुर्याउन टेवापुग्ने बैंकले विश्वास लिएको छ ।
एनआई सी एशिया बैंकले मुलुकभर ३६० शाखाकार्यालयहरू, ६७१ एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहितशाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशतजनतालाई सेवादिन यस बैंक सफलभएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा र्पुाउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकाल देखि हालसम्मम प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गतआर्थिक वर्षमा ३ अर्ब ६१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ ।
वित्तीय समावेशीकरणका लागिमुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथावित्तीय संस्थाहरूको उपस्थितिन्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालनगर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।









