image
image
आईपीओ निष्कासन गर्दै युनाइटेड मेवाखोला हाइड्रोपावर

आईपीओ निष्कासन गर्दै युनाइटेड मेवाखोला हाइड्रोपावर


काठमाडौं । युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित असार आगामी ६ गते प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ ।कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले डिल्लीबजरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना निर्णय गरेको हो ।

उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, पूँजी संरचना संशोधन, अन्य नयाँ परियोजनामा लगानी गर्ने,कम्पनीको चुक्तापूँजी भन्दा बढी ऋण लिएको ऋणको अनुमोदन तथा थप ऋणको सम्बन्धमा छलफल एंव निर्णय गर्ने र गत आवको वार्षिक प्रतिवेदन पारित गरिनुका साथै उक्त अवधिको वित्तीय विवरणहरू समेत पारित गरिनेछ ।कम्पनीले आईपीओ निष्कासनका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।