एनआईसी एशिया बैंकद्वारा ग्राहकहरुलाई कर्जा प्रदान गरिने छुट सम्वन्धी योजना सार्वजनिक
काठमाडौं ।‘बैंक पनि साथीपनि, राम्रो पनिहाम्रो पनि’भन्ने मूल नाराका साथउत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआई सी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले २०८० चैत्रमसान्त सम्ममा देहाय बमोजिमले भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम२०८१ ज्येष्ठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने योजना ल्याएको छ ।
उक्त योजनामा भाखा नाघेको समयावधिमा साधारण ब्याज रकममा ९१ दिन देखि १८० दिनमा १५ प्रतिशत छुट, १८१ दिनदेखि ३६५ दिन २५ प्रतिशत छुट, ३६५ दिनभन्दा बढि ३५ प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ ।
मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा पर्नु भएका ग्राहकहरूले यस योजनामा सहभागी भई उपलब्ध गर्न सकिने छ ।
उक्त असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो ।
बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा पर्नुभएका ग्राहकको वित्तीय भार कम गर्न केहीहदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवापुग्ने बैंकले विश्वास लिएको छ ।









