image
image
सेयर बजारमा ५.५८ अंकको गिरावट, कारोबार रकम घट्यो

सेयर बजारमा ५.५८ अंकको गिरावट, कारोबार रकम घट्यो

काठमाडौं । सेयर बजार परिसूचकसँगै कारोबार रकम घटेको छ । बुधबार नेप्से ५.५८ अंकले घट्दै २०७९.७१ विन्दुमा रह्यो । ८० लाख ४२ हजार ७६७ कित्ता सेयर ३ अर्ब ९९ करोड २९ लाख रुपैयाँमा किनबेच भएको छ । मंगलबार बजार ६.२२ अंकले बढ्दा परिसूचक नेप्से २०८५.३० को विन्दुमा थियो । ८३ लाख ५ हजार ७८६ कित्ता सेयर ४ अर्ब ८ करोड ४७ लाख रुपैयाँमा किनबेच भएको थियो । 

साताको चौथो दिन १५८ कम्पनीको सेयरमूल्य घटेको छ भने ८३ कम्पनीको मात्रै बढेको छ । ६ कम्पनीको सेयरमूल्यमा कुनै परिवर्तन छैन । बजारलाई ४.९२ प्रतिशतले बढेको म्युचुअल फण्डले थामेको छ । म्युचुअल फण्डसँगै लघुवित्त, उत्पादन तथा प्रशोधन र फाइनान्स उपसमूह बढेका छन् । लगानी उपसमूह स्थिर रहँदा वाणिज्य बैंक, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, व्यापार र अन्य उपसमूह घटेका छन् । 

घटेको बजारमा पनि भगवती हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ता फाइदामा रहे । मनकामना स्मार्ट लघुवित्त, माईखोला हाइड्रोपावर, विजय लघुवित्त, लक्ष्मी लघुवित्तलगायतका कम्पनीको सेयरमूल्य बढेको छ । 

सर्वाधिक कारोबार एनआरएन इन्फ्रस्ट्रक्चरको भएको छ । उक्त कम्पनीको १९ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै सीइडीबी हाइड्रोपावरको १८ करोड ४३ लाख, सानिमा माई हाइड्रोपावरको १६ करोड ९९ लाख, पोखरा फाइनान्सको १२ करोड ६ लाख र ग्लोबल आइएमई लघुवित्तको ८ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

सेयरमूल्य घट्नेमा अपर लोहोरेखोला हाइड्रोपावरका लगानीकर्ताले ५.५१ प्रतिशतले गुमाएका छन् । कुमारी धनवृद्धि योजना, कुमारी इक्विटी फण्ड, रसुवागढी हाइड्रोपावरका सेयरमूल्य घटेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।