आज कुन तरकारी कतिमा बिक्री हुँदैछ ?
काठमाडौं । आज ब्रोकाउलीको भाउ प्रतिकेजी ८५ रुपैयाँ कायम भएको छ भने मकै बोडी ७५ रुपैयाँ र तने बोडी ९५ रुपैयाँ पर्नेछ । त्यस्तै, बन्दा प्रतिकेजी २२.३३ रुपैयाँ कायम भएको छ भने ठुलो गोलभेडा, लोकल गाजर, स्थानीय ज्यापु काउली, लोकल परवर, झिगुनी, सखरखण्डदेखि हरियो खुर्सानीसम्मको मूल्य प्रतिकेजी ६५ रुपैयाँ कायम भएको छ ।
टनेल गोलभेडा, सेतो मूला (हाइब्रीड) र लाम्चो भन्टा प्रतिकेजी ३५ रुपैयाँ, रातो आलु ५२ रुपैयाँ ३३ पैसा, मुडेको आलु ४७ रुपैयाँ, सुकेको प्याज ७२ रुपैयाँ ३३ पैसा, स्थानीय काउली, तराई परवर र भेडे खुर्सानी प्रतिकेजी ५५ रुपैयाँ, रातो मूला, डल्लो भन्टा, सिमी, चिचिण्डो, घिरौला, रायोको साग, रुख कटहर र माछे खुर्सानी प्रतिकेजी ४५ रुपैयाँ पर्नेछ ।









