image
image
एनसेल र नेपाल युवा परिषद्बीच ७७ जिल्लामै वृक्षारोपण गरिने सहकार्य

एनसेल र नेपाल युवा परिषद्बीच ७७ जिल्लामै वृक्षारोपण गरिने सहकार्य


काठमाडौं ।  ‘राष्ट्रिय वृक्षारोपण दिवस  पारेर एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ वृक्षारोपण गर्ने भएको छ । ‘एक युवा, एक विरुवा’ अभियानको सुरुवात गर्दै एनसेल र नेपाल युवा परिषद्को संयुक्त पहलमा आगामी असार १४ गते  ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को दिन देशभर वृक्षारोपण गर्न लागेको हो ।  

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत प्रत्येक जिल्लाका १०० जना युवालाई एक विरुवा वृक्षारोपणका लागि उपलब्ध गराउने छ । यो अभियान प्रदेश तथा स्थानीय सरकारको संयुक्त सहकार्यमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।  वृक्षारोपण गरिएका हरेक विरुवाको हेरचाहको जिम्मेवारी वृक्षारोपणमा भाग लिएका युवा स्वयंको हुनेछ । यस किसिमको जिम्मेवारी सहितको राष्ट्रिय स्तरको कार्यक्रमले अभियानको दिगोपना सुनिचिश्त गर्ने विश्वास एनसेल र युवा परिषद्को रहेको छ।

नेपाल सरकारको राष्ट्रिय लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखि वृक्षारोपण अभियान संचालन गर्न लागिएको नेपाल युवा परिषद्का संस्थापक एवं केन्द्रिय अध्यक्ष सरोज बानियाँले बताएका छन् । कार्यक्रमले स्थानीय स्तरमा रहेका युवाहरुलाई वातावरण संरक्षणमा जोड्दै युवाहरुलाई सामाजिक रुपान्तरणमा समेत एक्यबद्वता गराउने उद्देश्य राखेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।