image
image
जगदम्बा मोटर्सले ल्यायो टिभिएस मोटरसाइकलमा  ‘मनसुन एक्सचेन्ज’ अफर

जगदम्बा मोटर्सले ल्यायो टिभिएस मोटरसाइकलमा  ‘मनसुन एक्सचेन्ज’ अफर

काठमाडौं ।  नेपालको लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘मनसुन एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । ग्राहकहरूलाई असाधारण डिलहरू र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै यो अभियान जेठ २३ देखि जेठ २८ गते सम्म चल्नेछ ।

’मनसुन एक्सचेन्ज’ अभियानले स्मार्ट कनेक्ट, RT-Fi, BS-VI , राइड मोडहरू, GTT (ग्लाइड थ्रु ट्राफिक) जस्ता नवीनतम प्रविधिहरूले सुसज्जित टिभिएस मोटरसाइकल मोडलहरूमा रोमाञ्चक लाभहरू प्रदान गर्दछ। यी सुविधाहरूले सवारी चलाउने अनुभव, सुधारिएको प्रदर्शन र उच्च इन्धन दक्षता सुनिश्चित गर्दछ।

यस सीमित अवधिको अभियानमा ग्राहकहरूले टिभिएसका बाईक तथा स्कुटरको खरिदमा क्यास डिस्काउन्टका साथै, पुरानो मोटरसाइकलमा थप मूल्याङ्कन प्राप्त गर्नेछन र यी प्रस्तावहरूलाई अझ पहुँचयोग्य बनाउन जगदम्बा मोटर्सले बजारकै सबैभन्दा कम . ३,९९९/ प्रति महिनाको EMI पनि उपलब्ध गराएको छ। साथै, ग्राहकहरूले हेल्मेट, बाइक कभर र ब्याग लगायत निःशुल्क सामग्री पनि प्राप्त गर्न सक्नेछन ।

जगदम्बा मोटर्स प्रा लि नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।