image
image
हेयर एण्ड शान्तिमा प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुट

हेयर एण्ड शान्तिमा प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुट


काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौंको कमलादीस्थित हेयर एण्ड शान्तिमा सौन्दर्यसम्बन्धी सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बीच हेयर एण्ड शान्तिका तर्फबाट निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैंक लि.का तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

 समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक का तर्फबाट म्यानेजर दिना चित्रकार र अधिकृत आशुतोष सिंह कठायत तथा हेयर एण्ड शान्तिका तर्फबाट म्यानेजर पूजा थापाको समेत उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु तथा कर्मचारीहरुले हेयर एण्ड शान्तिमा माथि उल्लेखित सौन्दर्यसम्बन्धी सेवा लिँदा (थ्रेड्रिङ्ग बाहेक) ग्राहकहरुलाई १० प्रतिशत र कर्मचारीहरुलाई ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा विद्युतीय प्रणाली मध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्ने बताइएको छ ।

हेयर एण्ड शान्तिले दुई दशकदेखि निरन्तर विभिन्न स्थानमा (आउटलेटः काठमाडौं भित्र ८ र पोखरा १, बिरगंज १, हेटौडा २ र नारायणघाट १) बाट सौन्दर्यसम्बन्धि सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।