image
image
वाइ वाइले ल्यायो क्रिकेट स्पेसल प्याकेट

वाइ वाइले ल्यायो क्रिकेट स्पेसल प्याकेट

काठमाडौं । टी–२० क्रिकेट टोलीलाई प्रोत्साहन स्वरुप सीजी फुड्स नेपाल लिमिटेडले ‘वाई वाई क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै सीजीले नेपाल दोस्रो पटक आइसीसी पुरुष टी–२० विश्वकपमा सहभागी हुन सफल भएकोमा नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन गर्नको लागि उक्त प्याकेट बजारमा ल्याएको जानकारी दिइयो । 

टी २० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाइरहेका नेपाली दर्शकहरूका लागि वाइ वाइको नयाँ प्याकेट विशेष हुने अपेक्षासहित नयाँ प्याकेट बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।पत्रकार सम्मेलनमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीको उपस्थितीमा नेपाल क्रिकेट संघ(क्यान)का सचिव पारस खड्का र सीजी फुड्सका सिइओ प्रदिप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर पनि गरेका छन् । 

सोही क्रममा क्यानका सचिव खड्काले प्राप्त रकमलाई क्रिकेटकै कामको लागि प्रयोग गर्ने भनेर बोर्डबाट नै घोषणा गर्ने बताए ।  उनले भने, ‘जतिपनि रकम प्राप्त हुन्छ त्यसलाई क्रिकेटकै कामको लागि प्रयोग गर्ने भनेर बोर्डबाट नै घोषणा गर्नेछौं । वाइ वाइले घोषणा गरेको रकम सम्पूर्ण नेपाली क्रिकेट टिममा नै आउनेछ । टिमको हौसला बढाउनुपर्छ भनेर पनि सम्झौता गरिएको हो ।’

साथै उनले क्रिकेटलाई सुधार गर्नको लागि क्यान निरन्तर लागि रहेको पनि बताए । विगत लामो समयदेखि पुरुष यू–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले महिला यू–१९ टिमलाई समेत प्रायोजन वापत रू। ३० लाख तथा अन्य क्रिकेट गतिविधि संचालनका लागि रू।३० लाख गरि जम्मा रू। ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्ने जनाइएको छ । 

यसअघि वाइ वाइले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरुप सुपर–८ मा पुग्न सफल भएमा रु ३० लाख तथा मनोवल उच्च बनाउने उद्देश्यले प्रत्येक रन बापत रु। १ हजार, प्रत्येक चौका वापत रु।८ हजार, प्रत्येक छक्का बापत रु।१२ हजार, प्रत्येक विकेट बापत रु। १५ हजार, प्रत्येक अर्धशतक वापत रु। ५० हजार, प्रत्येक शतक वापत रु एक लाख र नेपाली टिमको प्रत्येक जितमा रू। १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने घोषणा गरिसकेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।