image
image
मुम्बई क्राइम ब्रान्चले लियो सलमान खान र अरबाजको बयान

मुम्बई क्राइम ब्रान्चले लियो सलमान खान र अरबाजको बयान

काठमाडौं । मुम्बई प्रहरीले गत अप्रिलमा बलिउड अभिनेता सलमान खानको घर बाहिर भएको गोलाबारी घटनाका बारेमा उनी र अरबाज खानको बयान लिएको छ । सलमानले बयानमा आफ्नो घरमा लरेन्स विश्नोई गिरोहले गरेको गोलाबारी घटनालाई लिएर आफ्नो परिवारको सुरक्षाका लागि चिन्ता व्यक्त गरेका छन् । खानलाई बुधबार मुम्बई क्राइम ब्रान्चले घटनाबारे बयान दिन बोलाएको थियो । 

एक अधिकारीका अनुसार क्राइम ब्रान्चका चार अधिकारी यसै महिनाको सुरुआतमा सलमान बस्ने बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट पुगेका थिए । ती अधिकारीका अनुसार गत जून ४ मा पनि प्रहरीले सलमानसँग करिब ४ घण्टा बयान लिइएको थियो । त्यस्तै दुई घण्टा बढी समयसम्म अरबाजको बयान लिइएको थियो । ‘गोलाबारीको यो घटना हाम्रो लागि एक गम्भीर खतरा हो । फायरिङ पछि मैले आफ्नो ग्यालरीमा चेक गरे । तर बाहिर कोही देखिनँ । केही समय पछि भवनको सुरक्षा गार्डहरुले मलाई यो घटनाबारे जानकारी दिए । मलाई यस किसिमको अपराधका लागि निशाना बनाउनुको कारणबाट म चिन्तित र थकित छु । मैले यसअघि पनि यस्तो घटना झेलेको छु र कैयौं अदालतले लगाएको सजाय पनि भोगिसकेको छु’, सलमानले भनेको कुरा ति अधिकारीले उल्लेख गरेका छन् ।

सलमानको अपार्टमेन्ट बाहिर गत अप्रिल १४ मा मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली चलाएका थिए । यो गोलाबारी घटनालाई लिएर प्रहरीले आरोपी सुटर विक्की गुप्ता र सागर पाललाई गुजरातबाट पक्राउ गरेको थियो । प्रहरीले यो घटनाको पछि लरेन्स विश्नोईको हात रहेको आशंका गरेको छ । यो मामलमा ६ जना पक्राउ परिसकेका छन् । तीमध्ये एक अनुज थापनले एक मेमा प्रहरी हिरासतमा आत्महत्या गरेका थिए । प्रहरीका अनुसार गिरोहका चार सदस्यले बान्द्रामा सलमानको घर आसपासको इलाका पनवेलमा उनको फार्महाउसको रेकी गरेका थिए । उनीहरु सलमान खान सुटिङ गर्ने स्थानमा पनि पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।