image
image

देशकै ठूलो सौर्य ऊर्जा परियोजना अगाडि बढ्ने

काठमाडौँ । देशभित्र हालसम्मकै ठूलो सौर्य परियोजना अगाडि बढ्ने भएको छ । लगानी बोर्ड र प्रवद्र्धक कम्पनीबीच मंगलबार परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डिपिआर)तयार पार्ने लक्ष्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बोर्डका उपसचिव एवं सहप्रवक्ता रमेश अधिकारीका अनुसार ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्टसहितको २५० मेगावाट क्षमताको ग्रीडमा जोडिने सौर्य परियोजना अगाडि बढ्ने भएको छ । सो आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पार्ने ध्येयका साथ बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीको तर्फबाट सो कम्पनीका तर्फबाट दक्षिण एशियाका लागि विकास प्रबन्धक वाङ जियाङले हस्ताक्षर गरे ।

सिङ्गापुरको राइजन इनर्जीले संयुक्त उपक्रम तयार गरी सो आयोजना अगाडि बढाउन लागेको हो । समझदारीअनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगङ्गामा क्रमशः १२५ मेगावाट क्षमताका दरले दुई वटा परियोजना सञ्चालन हुनेछ । सोही परियोजनामा २० मेगावाट दरका थप दुई गरी कूल ४० मेगावाट क्षमताका ब्याट्री स्टोरेजसमेत निर्माण हुनेछ ।

समझदारीअनुसार सर्वेक्षण अनुमति पाएको एक वर्षभित्र अध्ययन पूरा गरी लगानी बोर्डलाई प्रतिवेदन बुझाउनुपर्नेछ । गत असार ५ गते बसेको बोर्डको ४४ औँ बैठकले उक्त कम्पनीलाई सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न अनुमति दिएको थियो । सो परियोजना नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना भएको बोर्डका सहप्रवक्ता अधिकारीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।