image
image
ग्लोबल आइएमई बैंक डिल्लीबजार शाखाले आयोजना गर्यो वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम

ग्लोबल आइएमई बैंक डिल्लीबजार शाखाले आयोजना गर्यो वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग सम्बन्धि साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. ३०का अध्यक्ष दल बहादुर कार्की, वडा नं.२९ का अध्यक्ष  कुश ढकाल, वडा नं.३० का वडा सदस्य मनोज कुमार डंगोल, वडा नं। ३०का वडा सचिव शम्भु बराल लगायत २०० जनाभन्दा बढी व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख दिलिप पोखरेल, वागमती प्रदेश प्रमुख रूपेन्द्र वाग्लेले बैंकले प्रदान गर्ने आधुनिक बैंकिङ सेवाहरुको बारेमा जानकारी गराउनुभएको थियो ।डिल्लीबजार शाखा प्रबन्धक श्रुती हाडाका अनुसार कार्यक्रमको मुख्य उदेश्य आफ्ना ग्राहकहरुमा डिजिटल प्रविधिको पहुँच विस्तार तथा वित्तीय साक्षरता गराउनु रहेको छ । ग्लोबल आएमई बैंक लिमिटेड देशको एक अग्रणी बैंकको रुपमा स्थापित बैंक हो  । 

यस बैंकले मुलुकको ७७ वटै जिल्लाहरुबाट ४६ लाखभन्दा बढी महानुभावहरुलाई उत्कृष्ट बैंकिङ् प्रदान गर्दै आइरहेको छ । वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम विगत केहि वर्षदेखि यस बैंकका सबैजसो शाखाहरु मार्फत हरेक वर्ष अभियानकै रुपमा संचालन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।