image
image
सेयर बजारमा सामान्य बृद्धि, ३ अर्ब ४० करोडको कारोबार

सेयर बजारमा सामान्य बृद्धि, ३ अर्ब ४० करोडको कारोबार

   
काठमाडौं । लगातार घटेको सेयर बजारमा बुधबार भने सामान्य बढोत्तरी छ । नेप्से परिसूचक २.२७ अंकले बढ्दै २०७८.७६ विन्दुमा रहँदा ७२ लाख ९ हजार ७५७ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब ४० करोड ४३ लाख रुपैयाँ छ । 

यसअघि कारोबार विस्तारै ओह्रालो लागेको थियो । मंगलबार बजार परिसूचक १८.७६ अंकले घट्दै २०७६.४९ को विन्दुमा रहँदा ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँमा किनबेच भएको थियो । त्यसअघि गत आइतबार बजार १७.०४ अंकले घट्दै २०९५.२५ विन्दुमा रहँदा १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको थियो । 

१३ उपसमूहमा बुधबार फाइनान्स, वाणिज्य बैंक, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूह बढेका छन् । फाइनान्स उपसमूह २.६२ प्रतिशतले बढ्दा नेपाल फाइनान्स ९.९९ प्रतिशतले बढ्दै सर्किटस्तरमा पुगेको छ । १३५ कम्पनीको सेयरमूल्य बढेको छ । नेपाल फाइनान्ससँगै समाज लघुवित्त, कुथेली बुखारी साना जलविद्युत, मन्दाकिनी हाइड्रोपावर, सामलिङ पावर लगायतका कम्पनीको सेयरमूल्य बढेको छ । 

नेपाल फाइनान्स कारोबारमा पनि अगाडि छ । उक्त कम्पनीको २० करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै गोर्खाज फाइनान्सको ९ करोड ६६ लाख, ग्लोबल आइएमई लघुवित्तको ८ करोड ९९ लाख, सीक्ष्डीबी हाइड्रोपावरको ७ करोड ७४ लाख, हिमालयन लघुवित्तको ७ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । १०४ कम्पनीको सेयरमूल्य घट्दा मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ता सर्वाधिक ९.८८ प्रतिशतले नोक्सानमा रहे । ८ कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन भएन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।