image
image
वाणिज्य बैंकहरुको ऊर्जा क्षेत्रमा ७.६७६ प्रतिशत लगानी, कुन बैंकको कति ?

वाणिज्य बैंकहरुको ऊर्जा क्षेत्रमा ७.६७६ प्रतिशत लगानी, कुन बैंकको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले कुल कर्जाको ७.६७६ प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गरेका छन् । बैशाख मसान्तसम्ममा बैंकहरुले ४५ खर्ब १६ अर्ब ५० करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकहरुले बैशाख मसान्तसम्ममा गरेको समग्र कर्जामध्ये उर्जा क्षेत्रमा मात्रै ३ खर्ब ४६ अर्ब ६८ करोड ७५ लाख ९० हजार रुपैयाँ लगानी गरेका छन्। जुन वाणिज्य बैंकहरुको कुल कर्जाको ७.६७६ प्रतिशत हो ।

राष्ट्र बैंकको तथ्याङक अनुसार बैशाख मसान्तसम्म ऊर्जा क्षेत्रमा सबैभन्दा धेरै ऋण कुमारी बैंकले दिएको छ । बैंकले ३५ अर्ब १३ करोड ६७ लाख ४० हजार रुपैयाँ उर्जा क्षेत्रमा लगानी गरेको छ ।

साथै, उर्जामा सबैभन्दा कम कर्जा दिनेमा स्टयान्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकले ३ अर्ब ९ करोड १८ लाख ७० हजार रुपैयाँ लगानी गरेको छ ।

उर्जा क्षेत्रमा धेरै कर्जा दिनेमध्ये दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । बैंकले २९ अर्ब ४१ करोड ९५ लाख ७० हजार रुपैयाँ प्रवाह गरेको छ ।

उर्जा क्षेत्रमा ग्लोबल आइएमई बैंकले २६ अर्ब ५७ करोड ४२ लाख रुपैयाँ, एनएमबि बैंक २४ अर्ब १९ करोड ६२ लाख १० हजार, नबिल बैंकले २३ अर्ब ५७ करोड ६७ लाख ४० हजार, लक्ष्मी सनराइज बैंकले २२ अर्ब ५ करोड १२ लाख, प्राइम बैंकले २१ अर्ब ७ करोड ८६ लाख ९० हजार, राष्ट्रिय वाणिज्य बैंकले २० अर्ब ५० करोड ५३ लाख, प्रभु बैंकले १९ अर्ब ४५ करोड २३ लाख १० हजार रुपैयाँ कर्जा दिएका छन्।

यस्तै सानिमा बैंकले १७ अर्ब ८७ करोड २२ लाख ३०, हिमालयन बैंकले १५ अर्ब ७४ करोड ४५ लाख ३० हजार, सिद्धार्थ बैंकले १५ अर्ब ४३ करोड ३२ लाख ३० हजार, सिटिजन्स बैंकले १४ अर्ब ६० करोड ६३ लाख ५० हजार रुपैयाँ रहेको छ ।

एभरेष्ट बैंकले १४ अर्ब ११ करोड ५१ लाख ८० लाख, नेपाल बैंकले १२ अर्ब ५८ करोड २३ लाख १०, माछापुच्छ्रे बैंकले ११ अर्ब ४७ करोड ११ लाख ५० हजार, नेपाल एसबिआईले ९ अर्ब ६५ करोड ४५ लाख ४० हजार, कृषि विकास बैंकले ६ अर्ब ३० करोड ६६ लाख ५० हजार र एनआईसी एशिया बैंकले ३ अर्ब ८१ करोड ९६ लाख ७० हजार रुपैयाँ ऊर्जा क्षेत्रमा कर्जा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।