image
image
नेपाल इन्फ्रान्सटक्चर बैंकको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

नेपाल इन्फ्रान्सटक्चर बैंकको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?


काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रान्सटक्चर बैंक लिमिटेड (निफ्रा) को १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

बैंकले आइतबार एक सूचना प्रकाशन गरी आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रान्सटक्चर बैंक लिमिटेड (निफ्रा) को १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जानकारी दिएको हो ।बैंकले उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम १०१ रुपैयाँ तोकेको छ ।

यो सेयर संस्थापक सेयरधनी, सर्वसाधारण, कम्पनी तथा संघसंस्थाहरूले किन्न पाउनेछन् । सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

उक्त संस्थापक सेयर खरीद गर्न चाहनेले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल वा एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन, विरेन्द्रनगर शाखा कार्यालयमा आवेदन दिन सक्नेछन् ।आवेदन असार १० देखि १७ गतेभित्र कार्यालय समयसम्म मात्र दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।