image
image
५.३७ अंकले घट्यो नेप्से परिसूचक, कारोबार कति ?

५.३७ अंकले घट्यो नेप्से परिसूचक, कारोबार कति ?

 

काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक ५.३७ अंकले घटेको छ।आज नेप्से ०.२५ प्रतिशतलले घटेर २०६२.९४ विन्दुमा बन्द भएको छ।यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५० करोड रूपैयाँले वृद्धि भएको हो।

यस दिन ३१७ वटा धितोपत्रको ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर किनबेच भएको हो। आइतबार ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ वटाको घटेको छ। यस्तै, ५ कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन पाँच कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।

रिलायन्स फाइनान्स, गणपति लघुवित्त, साधना लघुवित्त र मौलुङ खोला जलविद्युतको मूल्य १० प्रतिशतका दरले बढेको छ भने नेपाल फाइनान्सको मूल्य ९.९९ प्रतिशतले बढेको छ। ग्लोबल आइएमई लघुवित्तको मूल्य सर्वाधिक ६.५८ प्रतिशतले घटेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ४२० रूपैयाँ कायम भएको छ। यस्तै, सनराइज ब्ल्युचिप फण्डको मूल्य ५.२४ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रूपैयाँ ९६ पैसामा झरेको छ। आइतबार पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ।कम्पनीको प्रतिकित्ता ६६२ रूपैयाँ ९० पैसामा १७ करोड १३ लाखको सेयर कारोबार भएको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा ६.९५ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८३६ रूपैयाँ ४० पैसामा १३ करोड ५८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त अन्य र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको हो। यसदिन वित्त समूहमा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ। उक्त समूहको परिसूचक सर्वाधिक ५.४९ प्रतिशतले बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।