image
image

आजको फलफूल तथा तरकारीको बजार मूल्य, बढ्यो सुकेको प्याजको भाउ


काठमाडौं । कालिमाटी तरकारी बजारमा  केही हरियो तरकारीको मूल्य बढेको छ । मनसुन सुरु भएसँगै आपूर्तिमा कमी र बोटविरुवा बर्षाका कारण नष्ट हुन थालेपछि हरियो तरकारीको मूल्य बढ्दै गएको हो ।

यसको प्रत्यक्ष प्रभाव देशकै सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी फलफूल तथा तरकारी बजारमा परेको पाइएको छ । सोमबार अधिकाँश तरकारीको मूल्य बढेको पाइएको हो । आइतबारको तुलनामा सोमबार काउलीमा ५ रुपैयाँ बढेर ६५ मा बिक्री भएको छ । यस्तै बन्दामा ९।६० पैसा बढेर ३१ मा बिक्री भएको छ ।

त्यसैगरी प्याजमा १०।३३ रुपैयाँ बढेर प्रतिकिलो ९८ रुपैयाँमा कालिमाटी बजारमा बिक्री भएको छ । स्थानीय ज्यापु काउलीमा २१।६७ रुपैयाँ बढेर सोमबार ६५ रुपैयाँमा बिक्री भएको छ । तने बोडीमा १० रुपैयाँ बढेर ५५ रुपैयाँमा बिक्री भएको छ । यस्तै आइतबारको तुलनामा घिउसिमीमा ५ रुपैयाा बढेर ५० रुपैयाँमा बिक्री भएको छ ।

तिते करेलामा १० रुपैयाँ बढेर ५५ रुपैयाँमा बिक्री भएको छ । लौकामा ११ रुपैयाँ बढेर ५६, हरियो फर्सी डल्लोमा ५ रुपैयाँ बढेर ३०, भिण्डीमा १ रुपैयाँ बढेर ६६, रायो सागमा १ रुपैयाँ ६७ पैसा बढेर ३६।६७, कन्ये च्याउमा ४३।३३ रुपैयाँ बढेर २००, डल्ले च्याउमा १० रुपैयाँ बढेर २९० र रातो आलुमा ४ रुपैयाँ बढेर ५६ रुपैयाँमा सोमबार बिक्री भएको छ ।

उता केही तरकारीको मूल्य भने आइतबारको तुलनामा सोमबार घटेको पाइएको छ । जसअनुसार घिउ सिमी राजमामा ३८।३३ रुपैयाँ घटेर ९६।६७ रुपैयाँमा बिक्री भएको छ । घिरौलामा १० रुपैयाँ घटेर ३५, पाकेको फर्सीमा ४।६७ रुपैयाँ घटेर ३३, स्कुसमा १० रुपैयाँ घटेर ५५, तोरीको सागमा ८ रुपैयाँ ३३ पैसा घटेर ३६।६७ र ब्रोकाउलीमा ३४ रुपैयाँ घटेर ७६ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । राजा च्याउको मूल्य यथावत छ भने स्वदेशी ठूलो गोलभेडा ६५, स्वदेशी सानो गोलभेडा १२।५०, टनेल स्वदेशी गोलभेडा १५।६० र लाम्चो भान्टा ३५ रुपैयाँ प्रतिकिलो सोमबार बिक्री भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।