image
image

लगातार उकालो लाग्दै धितोपत्र बजार, नेप्से परिसूचक ‘करेक्सन’ भयो !

काठमाडौँ - लगातार उकालो लागिरहेको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक मंगलबार भने ‘करेक्सन’ भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १७.७९ अङ्कले घटेर दुई हजार ४२३.०९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक ४.५८ अङ्कले घटेर ४४७.२४ मा पुगेको छ । 

मंगलबार कूल २०७ कम्पनीको एक करोड ९६ लाख छ हजार ५४५ कित्ता शेयर रु आठ अर्ब २७ करोड ९६ लाख ९४ हजार ७४७ मा खरिद बिक्री भयो । नेप्सेमा आएको उतारचढावका कारण बजार पूँजीकरणमा भने खासै परिवर्तन देखिएन । मंगलबारको कारोवार पछि कूल बजार पूँजीकरण रु ३२ खर्ब ६३ अर्ब ८१ करोड ३२ लाख १० हजार बराबर भएको छ । 

मंगलबार कारोवार भएका कूल १२ मध्ये १० उपसमूहको शेयर ओरालो लागेको छ भने दुई उपसमूहको शेयरमात्र बढेको छ । होटल ५४.०५ र वित्त १३.०७ ले बढ्दा बैंकिङ ६.८१, व्यापार ९२.४२, विकास बैंक २९.४८, जलविद्युत् २७.०५, निर्जीवन बीमा ९८.५७, उत्पादन ४१.८७, अन्य २६.७९, लघुवित्त ५९.७२, जीवनबीमा ४१.०९ र सामूहिक लगानी कोष ०.०३ अङ्कले घटेको छ । 

कारोवार आधारमा मंगलबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु एक अर्ब ४५ करोड सात लाख ६३ हजार ७२५ बराबरको खरिद बिक्री भयो । यस्तै नेपाल बैंकको रु ५२ करोड ५३ लाख २८ हजार ४६९, शिखर इन्स्योरेन्सको रु २३ करोड १७ लाख ८९ हजार ५६९, नेपाल पुनर्बीमा कम्पनीको रु २० करोड चार लाख ६९ हजार ७५३, नेपाल दूरसञ्चार कम्पनीको रु १६ करोड ४४ लाख ६४ हजार ५५१, नागरिक लगानी कोषको रु १६ करोड ४३ लाख पाँच हजार ३६३ र नबिल बैंकको रु १५ करोड ७१ लाख ८० हजार ८३७ मा खरिद बिक्री भयो । 

मंगलबार गुराँस लुघवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक ९.९७ प्रतिशतले कमाउँदा प्रभु लाइफ इन्स्योरेन्सको रु ९.९४, युनाइटेड फाइनान्स ९.८८, पोखरा फाइनान्स ८.३६, ओरियन्टल होटल ७.०३, बोटलर्स नेपाल (तराई) लिमिटेड ६.५६ र नेपाल बैंकका लगानीकर्ताले ६.५३ प्रतिशतले कमाए । 

शिवश्री हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ४.९५ प्रतिशतले गुमाए । प्रोगेशिव फाइनान्स ४.५७, राष्ट्रिय बीमा कम्पनी ४.४७, सान्जेन जलविद्युत् कम्पनी ४.३१, रसुवागढी हाइड्रोपावर ४.२८ र पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले ४.२३ प्रतिशतले गुमाए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।