image
image

भेरी अस्पतालमा २४ घण्टामा ८१ परिक्षणमा ७५ जनालाई कोरोना पुष्टि

काठमाडौँ। नेपालगन्जस्थित भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा ८१ नमुना परिक्षण् गरिएकोमा ७५ जनालाई कोरोना पुष्टि भएको छ । 

अस्पतालले स्वास प्रश्वाससम्बन्धि समस्या भएको, ज्वरो वा अन्य लक्षणसहित अस्पतालमा आएका व्यक्तिहरूबाट चिकित्सक वा स्वास्थ्यकर्मीको सिफारिसमा गरिएकोले पोजेटिभको संख्या धेरै देखिएको जानकारी दिएको छ ।

नेपालगन्ज क्षेत्रमा समुदायमा संक्रमणको अवस्था कस्तो छ भनेर पहिचान गर्न समुदायस्तरबाटै नमुना संकलन गरि परिक्षण गर्नु आबश्यक रहेको अस्पतालले बताएको छ ।

अस्पतालले कोरोना बिशेष आइसोलेसन वार्डको १०२ बेड, शंकास्पद बिरामीलाई राख्ने ४० शैयाको आइसोलेसन वार्ड गरि जम्मा क्षमता १४२ बेड करीब करीब भरिइसकेको जनाएको छ । १५ शैयाको कोभिड आइसियू पनि भरिएको छ ।

संक्रमण फैलिने क्रम नरोक्ने हो भने अस्पतालहरूले थेग्न नसक्ने गरि बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै फेल हुन सक्ने जोखिम रहेको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालमा गएराती उपचारत तीन कोरोना संक्रमितको मृत्यु समेत भएको थियो ।      
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।